मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चक्रवात रेमल: बङ्गलादेशको तटीय क्षेत्रमा हजारौँ मानिस सुरक्षित स्थानतर्फ सारिँदै

काठमाडौँ – चक्रवात रेमलले गति लिएपछि बङ्गलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् । हजारौँ मानिसहरू सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् ।

चक्रवात रेमाल आइतबार साँझ ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ ।

तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रतर्फ गएकाहरूलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ ।

यो चक्रवात २६ मेको मध्यरातमा बंगलादेश र पश्चिम बङ्गालको तटमा पुग्न सक्ने बताइएको छ । भारतीय मौसम विज्ञान विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी–मध्य बङ्गालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ ।

पश्चिम बङ्गालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ।

हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?