मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीयाममा खानालाई ताजा बनाइ राख्न अपनाउनुस् यी उपाय

काठमाडौँ– गर्मीमा खाना खराब हुनु आम समस्या हो । यसले एकातिर धेरै खाना खेर जान्छ भने अर्कोतिर समय पनि खराब हुन्छ । गर्मीमा खाना खराब हुनुको कारण यो समयको हावामा विभिन्न ब्याक्टेरिया र भाइरस मिसेर आउने गर्छ । त्यसैले खाना लामो समयसम्म राख्न मुस्किल हुन्छ । 

उसो त हामी यो समस्याबाट समाधान गर्नको लागि फ्रिजको प्रयोग गर्छौँ । तर पनि खानालाई खराब हुनबाट बचाउनका लागि सावधानी अपनाउनु पर्ने हुन्छ । यदि तपाईँलाई पनि यही समस्याले सताइरहेको छ भने हामी तपाईँलाई केही टिप्स दिन्छौँ । 

जसले तपाई खानालाई खराब हुनबाट पनि बचाउँछ र लामो समयसम्म स्टोर गरेर राख्न पनि मद्दत गर्छ । 

फ्रिजको राम्रोसँग परीक्षण गर्ने

फ्रिजमा राखेको खाना खराब भइरहेको छ भने राम्रोसँग परीक्षण गर्नुपर्छ । यसका साथै समय समयमा सफा गर्नुपर्छ । फ्रिजभित्रको सफा गर्ने । फ्रिजमा बरफ जम्मा भए वा नभएको हेर्ने । 

खानालाई राम्रोसँग स्टोर गर्ने

फलफूल, तरकारी तथा डेरीजस्ता सामग्री चाँडै बिग्रन सक्छ । सो सामग्रीलाई ताजा बनाइ राख्नका लागि ४ डिग्री सेल्सियस तापक्रमभन्दा तल राख्नुपर्छ । 

फ्रेस सामग्री

यदि तपाई धेरै खानेकुरा वा सलाद बनाउन चाहनु हुन्छ ? साथै धेरै तरकारीलाई स्टक गर्न चाहनुहुन्छ भने चाँडै त्यसलाई प्राथमिकता दिनुपर्छ । 

स्टक घुमाउनुहोस्

कहिलेकाहीँ फ्रिजमा राखिएको भोजनलाई बिर्सन सक्छ । त्यसो भए एक पटक चेक गर्नुहोला । जब तपाई पसलमा सामान किन्न जानुहुन्छ । पुरानो सामानलाई भर्खरै ल्याएको सामानको पछाडि राख्नुहोस् । 

किचेन सफा गर्ने 

किचेनको साथै घरमा भएको रेफ्रिजेनेरेटर र भान्छालाई सफा गर्नुपर्छ । यसले भाइरस, ब्याक्टेरिया र दूषित पदार्थलाई विकास हुनबाट रोक्छ  । त्यसैले केही दिनको अन्तरालमा सफा गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?