सामान्यतया अल्सर भनेको क्यान्सरको प्रारम्भिक चरण हो भन्ने आम बुझाई छ । पेटसँग सम्बन्धित यो रोग खानपानकै कारणले लाग्ने गर्छ । पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ ।
समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धी अन्य समस्याहरू पनि उब्जिन्छन् । अल्सर मुख देखि मलद्वार सम्म कुनै पनि अङ्गमा हुन सक्छ ।
पेट तथा सानो आन्द्राको अल्सरले भने प्रायलाई सताउने गर्छ । ठुलो आन्द्रामा पनि अल्सर हुन सक्छ । मुखको भित्री भागमा, जिब्रोमा घाउ हुँदा पनि अल्सर हुन्छ ।
कारण
पेटमा ब्याक्टेरियाको सङ्क्रमणका कारण तथा गलत खानपान ,धेरै पिरो र मसालेदार खाना,अस्वस्थ्यकर जीवनशैलीको कारण अल्सर हुने गर्छ ।
खराब खानपान र खानेशैलीका कारण धेरैलाई ग्यास्ट्रिक हुने गर्छ त्यही ग्यास्ट्रिक बिग्रेर पछि गएर अल्सर रोग निम्त्याउँछ । अल्सरको मुख्य कारण पेटमा हेलिकोब्याक्टर पाइलोर नामक ब्याक्टेरियाको सङ्क्रमणले हुन्छ ।
यस्तो जीवाणु सर्ने तरिका फरक–फरक छन् । खराब पानीका कारण यो जीवाणु सर्न सक्छ । चिकित्सकको सल्लाहबिना लामो समय सम्म एन्टिबायोटिक, पेनकिलर र स्टेराइडको औषधिको प्रयोग , मद्यपान गर्नाले पनि अल्सरको समस्या हुन सक्छ ।
यसका लक्षणहरू के –कस्ता हुने गर्दछन् ?
अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् ।
–पेट दुख्ने
–छाती पोल्ने
–अमिलो पानी आउने
–वान्ता हुने
–छिटो भोक लाग्नु वा खान मन नलाग्नु
–तौल घट्नु
–हेमोग्लोबिन कमी हुनु यसका लक्षणहरू हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया