काठमाडौँ – घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ ।
साम्राज्ञी शाह र गरिमा शर्माको डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई ट्रेलरमा दर्साइएको छ ।
निश्चलको साथीको रूपमा देखिएका कवीरलाई पनि ट्रेलर अन्त्यमा गरिमासँगको प्रेममा परेको देख्न सकिन्छ ।
फिल्मको कथा ट्राभल लभस्टोरी हो भने यसको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।
एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया