मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गिनिज विश्व रेकर्डको लागि सोलुको कालापत्थरमा जोडी नृत्य

काठमाडौँ– सोलुखुम्बुको कालापत्थरमा नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुशन तामाङले जोडी नृत्य गरेका छन्। उनीहरुले गिनिज विश्व रेकर्डका लागि सो नृत्य गरेका हुन् ।

गत आइतबार पाँच हजार चार सय ३८ मिटरको उचाइमा उनीहरुले दीपक बज्राचार्यको गीत मन मगनमा दुई मिनेट ३० सेकेन्ड नृत्य गरेको जनाइएको छ। उनीहरूले सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको नृत्य विधाका लागि यो प्रयास गरेको हो ।

उनीहरूको टोलीमा फोटोग्राफर सौगात कार्की, तथा भिडियोग्राफरद्वय उमेश सापकोटा र सोनम केसी थिए। उनीहरुले खराब मौसमका बाबजुद २०र२५ जना दर्शकको उपस्थितिमा आधिकारिक रेकर्डका लागि नृत्य गरेका थिए। सुरेन्द्र र सुशनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?