मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनु मानसिक स्वास्थ्यको लागि खतरनाक

काठमाडौं । हरेक मानिसको नजिकको साथी को भनेर सोध्ने हो भने सबैले भन्छन्, मोबाइल । किन नि अहिले मोबाइल परिवार भएको छ । मोबाइल छोराछोरी भएको छ । आफन्त पनि त्यहि मोबाइल भएको छ ।

कोही आफन्तदेखि टाढा छन्, भने त्यहि मोबाइलले टाढाको सम्बन्धलाई नजिक बनाइदेको छ । यस कारण पनि मानिस एक छिन पनि मोबाइल बिना रहनै नसक्ने भएका छन् । यति मात्र होइन । खाना खाने बेला मोबाइल, सुत्ने समय हुँदा पनि मोबाइल नहेरी सुत्ने त कमै होलान् ।

अहिले बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने÷पढ्ने कुरा सामान्य बनिसकेको छ । अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ । तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ ? यो तपाईंको मानसिक स्वास्थ्यको लागि खतरनाक साबित हुन सक्छ ।

मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ । यसमा कयौँ खालको सूचना हुन सक्छन् । उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । कामसँग सम्बन्धित लगातारको अपडेट, सामाजिक सञ्जाल र सुत्नु अघि र उठ्ने बित्तिकै फोन समातेर बस्ने बानीले स्लिप साइकल प्रभावित बनाउँछ । स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ । यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना धेरै हुन्छ ।

उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ । दिमागलाई स्वाभाविक रूपले दिनको सुरुआत गर्न दिनुको सट्टा खबरको वर्षा गराएर जगाइयो भने यसले उठ्ने प्रक्रिया र दिनभर अलर्ट रहने प्रक्रियामा बाधा उत्पन्न गर्छ ।

रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ । यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ । यसले तपाईंको सम्पूर्ण स्वास्थ्यमा असर हुन्छ ।

स्मार्टफोनमा निरन्तर झुन्डिइरहँदा ध्यान भड्किने, एकाग्रतामा बाधा उत्पन्न हुने समस्या देखिन सक्छ । बिहान वा दिनभरिमा जुन जुन काम पूरा गर्नु पर्ने हो, ती काममा ध्यान लगाउनुको सट्टा तपाई इमेल, सामाजिक सञ्जाल र अनलाइन गतिविधिमा अल्झिएर बस्नु हुनेछ । नियमित दिनको सुरुआतमा ढिलाइ हुन्छ ।

उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । डोपामाइनले तपाईंलाई नोटिफिकेशन चेक गर्न र अनलाइनमा एक्टिभ रहन उक्साइरहन्छ । यो बानीबाट मुक्त हुन कठिन हुन सक्छ । यसले उल्टै व्यक्तिको एकाग्रता क्षमतालाई घटाउँदै लैजान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?