काठमाडौँ – पर्वतारोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान कायम गरेकी छिन् । उनले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुन् ।
यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक र मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी श्रेष्ठ हिजो बिहान तेस्रो पटक सगरमाथाको चुचुरोमा पुगेकी हुन ।
योसँगै वसन्त ऋतुमा चलिरहेको सगरमाथा आरोहणमा उनी तीन पटक सगरमाथामा पुगिन भने तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला समेत बन्न सफल भएकी छिन् ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया