काठमाडौं । उलनको लुगाले जाडोमा न्यानो प्रदान गर्छ । लगाउन राम्रो भए पनि धुन भने धेरैलाई सकसपूर्ण लाग्छ । उलनको लुगा धुन धेरैलाई गाह्रो हुन्छ । जसका कारण लुगा तन्किने र रङ खुइलिन्छ ।
धुने र सुकाउने खास तरीका नजान्दा उलनको लुगा नै बिग्रिने समस्या हुन्छ । उलनको लुगा कसरी धुने भन्ने कुरा जान्न जरुरी छ । उलनको लुगालाई हातले र मेसिनले दुवै तरीकाबाट धुन सकिन्छ । सबैभन्दा राम्रो यसलाई हातले नै धुनु फाइदाजनक हुन्छ ।
उलनको लुगालाई जहिले पनि चिसो पानीले मात्रै धुनुपर्छ । तातो पानीमा धुँदा लुगा तन्किने र रंग खुइलिन सक्छ । उलनको कपडामा अन्य लुगा नमिसाई धुनुपर्छ, जसले गर्दा अन्य कपडाको रंग एकअर्कोमा सर्न पाउँदैन ।
उलनको स्वेटर, सल, स्कार्फ, कोट धुँदा सामान्य डिटर्जेन्ट पाउडर वा साबुनभन्दा जस्ता तरल डिटर्जेन्ट पाउडरको प्रयोग गर्नु राम्रो हुन्छ । किनभने यो यो सजिलै पानी घुल्ने भएकाले पखाल्दा सजिलै फ्रिज जान्छ । तर साबुन र पाउडर डिटर्जेन्टले धुँदा लामो सम्मसम्म साबुनको फ्रिज आइराख्ने हुन्छ । लामोसम्म पखाल्दा साबुनको फिंज जाँदैन । जसले गर्दा लुगा लगाउँदा चिलाउने समस्या हुन सक्छ ।
उलन कपडा डिटर्जेन्ट राखेर १० देखि १५ मिनेट भिजाउने, त्यसपछि हल्कासँग मिच्ने, अन्य लुगा जस्तै बल लगाएर घोटीघोटी नमिच्ने, दाग लागेको छ भने दाग लागेको ठाउँमा डिटर्जेन्ट राखेर हल्कासँग मिच्ने गर्नुपर्छ । उलनको लुगा धोएपछि पानी निचोर्नु हुँदैन । लुगालाई उल्टो पारेर ह्यांगरमा राखेर सुकाउनुपर्छ, यसो गर्दा रंऊ खुइलिने समस्याबाट जोगाउँछ । उलनको लुगा धुँदा पनि उल्टो गरेर धुनुपर्छ ।
वासिङ मेसिनमा धुँदा ध्यान दिनुपर्ने कुरा
वासिङ मेसिनमा उलनको कपडा धुँदा उलन वा डेलिकेट भन्ने फिचरमा राखेर धुनुपर्छ । यसमा उलनको कपडालाई चाहिने तापक्रम, पानी र स्पिड अटोमेटिक रुपमा मिलाइदिन्छ । सामान्य कपडा धुने मोडमा राखेर धुँदा लुगालाई बिगार्न सक्छ ।
मेसिनमा धुँदा पनि उलनको लुगामा अन्य कपडा मिसाएर धुनु हुँदैन ।
मेसिनमा पनि चिसो पानी र तरल डिटर्जेन्ट नै प्रयोग गर्नुपर्छ ।
वासिङ मेसिनमा लुगा राम्ररी घुम्न मिल्ने गरी राख्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया