मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लसुनको बोक्राका अचम्मका फाइदाहरु

काठमाडाैँ – खानाको स्वाद बढाउनका साथै लसुनलाई आयुर्वेदिक औषधीको रूपमा पनि प्राचीन कालदेखि नै प्रयोग गर्दै आएको छ ।

तर के तपाई पनि लसुनको बोक्रालाई बेकार सम्झेर फालिदिनुहुन्छ भने अबदेखि थाहा पाउनुहोस् लसुन जस्तै हामीले लसुनको बोक्राबाट पनि धेरै स्वास्थ्य लाभ पाउँछौँ । यति मात्र होइन लसुनको बोक्रालाई खानाको स्वाद बढाउन पनि प्रयोग गरिन्छ ।

लसुनको बोक्रामा एन्टी ब्याक्टेरियल, एन्टी फङ्गल र एन्टिभाइरस गुण हुन्छ, जसलाई सुप र तरकारीमा पकाएर खान सकिन्छ । लसुनको बोक्राले दम र खुट्टा सुन्निने समस्यालाई कम गर्न मद्दत गर्छ। यस बाहेक, लसुनको बोक्राका धेरै फाइदाहरू छन् ।

फाइदाहरू
दमका बिरामीले यसको सेवन गरेमा दमबाट धेरै राहत मिल्छ । यसका लागि लसुनको बोक्रालाई पिसेर बिहान र बेलुका मह मिसाएर सेवन गर्नुहोस् ।

छालाको समस्या हटाउन
चिलाउने, एक्जिमा जस्ता छालाको समस्या भएका व्यक्तिहरूलाई। लसुनको बोक्रा उनीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसका लागि लसुनको बोक्रालाई केही घन्टा पानीमा भिजाउनुहोस् र यस पानीले आफ्नो शरीरका प्रभावित अंगहरू सफा गर्नुहोस्। यसमा पाइने एन्टिब्याक्टेरियल गुण निकै प्रभावकारी हुन्छ, जसले छालामा हुने चिलाउने र जलनबाट राहत दिन्छ।

खुट्टाको सूजन कम गर्छ
लसुनको बोक्राले खुट्टा सुन्निने र दुखाइबाट राहत दिन्छ। यसका लागि लसुनको बोक्रालाई पानीमा उमालेर मनतातो भएपछि खुट्टालाई केहीबेर यस पानीमा डुबेर राख्नुहोस् ।

कपालको समस्या कम गर्छ

लसुनको बोक्राले कपालको सामान्य समस्यालाई हटाउँछ । यसका लागि लसुनको बोक्रालाई पानीमा उमालेर चिसो भएपछि कपालमा लगाउनुहोस् वा पिसेर त्यसको पेस्ट टाउकोमा लगाउने । यसले कपालको जरामा डन्डीफोर र चिलाउने समस्याबाट राहत दिन्छ।

खानामा लसुनको बोक्राको प्रयोग
लसुनको बोक्रा जडिबुटीले भरिपूर्ण सूप, मसला वा तरकारीमा प्रयोग गर्न सकिन्छ। यसलाई पुलाउ वा फ्राइड राइसमा पनि प्रयोग गर्न सकिन्छ। यसका लागि लसुनको बोक्रालाई पानीमा उमाल्नुहोस् र आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?