मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल

गर्मीको मौसममा चाँडै खानेकुरा बिग्रिन्छ । खानेकुरा नबिग्रियोस् भनेर हामी फ्रिजमा राखिदिन्छौ । यसरी खानेकुराहरू २र३ दिनसम्म खान लायक हुन्छ ।फलफूल र तरकारीलाई ताजा राख्न पनि हामी फ्रिजको प्रयोग गर्छौ । तर विज्ञहरूले केही फलफूललाई फ्रिजमा नराख्न सुझाव दिँदै आएका छन् । यस्तो गर्दा ती फलफूलको स्वाद त बिग्रन्छ नै पोषक तत्त्व पनि घट्न सक्छ । 

केरा

केरालाई कहिल्यै पनि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा यसको बोक्रा कालो हुन थाल्छ र स्वादमा परिवर्तन आउन थाल्छ । केरा तातो हावापानीमा फल्छ । केरालाई चिसो तापक्रममा राखियो भने पाक्न मद्दत गर्ने इन्जाइमले काम गर्न छोड्छ । चिसोले केराका कोशिकाहरूलाई क्षति पुर्‍याउँछ । 

खरबुजा

खरबुजामा पर्याप्त मात्रामा पानी पाइन्छ । गर्मीको बेलामा यसलाई चिसो बनाउन भनेर फ्रिजमा राख्छौँ । तर, खरबूजालाई पनि फ्रिजमा राख्नु हुँदैन । यसो गर्नाले यसमा पाइने एन्टि अक्सिडेन्ट कम हुने र यसको पौष्टिकता पनि कम हुने विज्ञहरूको विश्वास छ । त्यसैले विज्ञहरू खरबूजालाई फ्रिजमा नराख्ने सल्लाह दिन्छन् ।

मेवा

गर्मीमा मेवाको खपत पनि निकै धेरै हुन्छ । धेरैले मेवा छिट्टै नबिग्रियोस् भनेर यसलाई फ्रिजमा राख्छन् । तर, मेवालाई फ्रिजमा राख्दा यसको स्वाद र बनावटमा परिवर्तन आउन सक्छ ।

आँप

आँपलाई फलफूलको राजा भनिन्छ । यसलाई पनि फ्रिजमा राख्ने गल्ती गर्नुहुन्न । चिसो तापक्रमले आँपको स्वाद र बनावटमा असर पुर्‍याउँछ । चिसोका कारण आँपमा कालो धब्बाहरू देखिन्छन् । आँपलाई कोठाको तापक्रममा मात्र भण्डार गर्नुपर्छ । स्वाभाविक रूपमा, आँप ७ देखि १४ दिनसम्म खानयोग्य रहन्छ । त्यसैले यसलाई फ्रिजमा राख्नु पर्दैन ।

भुँइकटहर

भुँइकटहरलाई फ्रिजमा राख्दा यसको बनावट र स्वाद बिग्रन्छ । चिसोले भुँइकटहरलाई धेरै नरम बनाइदिन्छ र प्राकृतिक स्वाद परिवर्तन गर्दछ । कोठाकै तापक्रममा यसलाई राख्दा बरु ताजापन कायम राख्न मद्दत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?