मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बैवाहिक जीवनलाई प्रेममय कसरी बनाउने ?

काठमाडौँ– विवाहपछि हरेक दम्पत्ती आफ्नो दापत्य जीवनमा खुसी रहन र कुनै पनि समस्या समाधान गर्न नपरोस् भन्ने चाहान्छन् । तर पनि हाम्रो जीवनमा ससानो समस्या आइरहन्छ । यदि तपाई पनि खुसी र मायाले भरिएको वैवाहिक जीवन चाहानुहुन्छ भने हामी केही टिप्स दिन्छौँ । जसले तपाईको जीवनलाई राम्रो बनाउने छ ।

विना कारण श्रीमतीलाई हुकुम नचलाउने
कोही मान्छे परिवार र साथीभाइको अगाडि श्रीमतीलाई सानो देखाउन चाहान्छन् । यस्तो कहिल्यै पनि गर्नुहुन्न । बाहिरी व्यक्तिको अगाडि श्रीमानले श्रीमतीलाई कहिले पनि सानो देखाउनु हुन्न ।

किनकि यो व्यक्तिगत कुरा हो । हरेक व्यक्तिमा कमजोरी हुन्छ । श्रीमान र श्रीमती दुबैको बानी व्यवहारमा कमजोरी हुन्छ । यो बानीलाई सुधार्नको लागि सधैँ प्राइभेट रुपमा काम गर्नुपर्छ । एकअर्काको गल्तीलाई स्वीकार गरेर अगाडि बढ्नु पर्छ ।

एक अर्काको लागि समय निकाल्ने
हप्तामा एक पटक सबै जना मिलेर घुम्न जानुपर्छ । महिनामा एक वा दुई पटक होटल वा रेन्टुरेन्टमा जाने । किनकी रेन्टुरेन्टमा मुड फ्रेस हुनुका साथै केही कुराकानी पनि हुन्छ । एक अर्कासँग हासीखुसी जीवन बिताउने । कुनै बेला भावनामा असर परे पनि त्यसबाट बच्ने । यस विषयमा कुरा नगर्नु नै राम्रो हुन्छ । जसले गर्दा सार्वजनिक स्थामा अपसेट हुनु पर्दैन ।

एक अर्का मिलेर सामना गर्ने
यदि दुबै जना रिसमा छन् भने सुन्ने र सम्झने प्रयास गर्नुपर्छ । रिसलाई बढावा दिनु हुँदैन । रिसमा थोरै गम्भीरता र सहनशीलताले काम गर्नुपर्छ । अफिस र साथीको रिस श्रीमतीलाई देखाउनु हुँदैन । साथै श्रीमतीले पनि विभिन्न विषयको रिस श्रीमानलाई पोख्नु हुदैन ।

श्रीमान र श्रीमतीको प्रेमको दोस्रो नाम नै समर्पण हो ।
अधिकांश श्रीमान्लाई श्रीमतीलाई प्रेम गरेमा सानो हुने ठान्छन् । श्रीमान भएकै कारण श्रीमतीभन्दा कमजोर बन्न चाहदैनन् । उनीहरुको यो विचार इगोको रुपमा रहन्छ । तपाई आफ्नो श्रीमतीलाई माया गर्ने भन्नेबारे जानकारी गराउनु पर्छ ।

सम्बन्धलाई मजबुत बनाउनको लागि यस्ता कुरा व्यक्त गर्नुपर्छ । श्रीमानको मुड राम्रो तथा मायाको कुरा गरेमा श्रीमतीले पनि आफ्नो कुरा व्यक्त गर्नुपर्छ । तर श्रीमानको राम्रो मुडको फाइदा उठाउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?