मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुदिनाको अचारका यस्ता फाइदा

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै विभिन्न रोगहरूबाट बचाउँछ ।

पुदिनाको अचारका फाइदाहरू

–खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शीतलता प्रदान गर्छ । 

–पेट, त्वचा लगायतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी हुन्छ । 

–पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

–पुदिना, तुलसी, अदुवा र मरिच मिलाएर पानीमा उमाल्नुहोस्  । जुन रस ग्यास्ट्रिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ । पुदिनाको पातको धुलोलाई चिनीसँग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ  ।

–पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ । ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठिक हुन्छ ।

–दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठिक हुन्छ ।  पुदिनाको सेवनले थकाई लाग्ने समस्या पनि निको हुन्छ ।

–यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहत मिल्न सक्छ । यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

–पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

–यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?