मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी बचाउनुहोस् कपाललाई घामबाट

– कपाल धोएपछि कन्डिसनरको उपयोग गर्नुस् । यसो गर्दा घामको किरण सीधै कपालमा पुग्न पाउँदैन ।

– दही पनि प्राकृतिक कन्डिसनर हो । यसको प्रयोगले कपाल मुलायम बन्नुका साथै जराका फोहोर पनि सफा गर्छ । त्यसैले हप्तामा तीनपटक कपालमा दही लगाई १५ मिनेटसम्म रहन दिनुस् ।

– दही र अन्डाको सेतो भाग मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ । यसो गर्दा कपाल मुलायम र चमकदार बन्छ ।

– घाममा बढी हिँड्नुपर्ने काम छ भने हप्तामा एकपटक कपालको स्पा गर्नुस् । पार्लर या घरमै बसेर पनि स्पा गर्न सक्नुहुन्छ ।

– कपाल धोएपछि सुकाउनका लागि हेयरड्रायरको प्रयोग कहिल्यै नगर्नुस् । यसो गर्दा कपालमा हानि पुग्छ ।

– प्रत्येक दुई महिनामा कपाल काट्ने गर्नुस् । यसो गर्दा नयाँ र ताजा कपाल आउने गर्छ । ग्रोथका लागि कटिङ आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?