अहिलेको मौसममा धुलो धुवा, निरन्तर वर्षातको पानीको चिसो, कुकुर बिरालोको रौँले गर्दा मानिसमा धेरै घाँटी दुख्ने वा खसखसाउने समस्या देखा पर्छ। मानसिक समस्याका कारणले पनि घाँटी खसखसाउने, अड्किने हुन्छ।
नाक, कान घाँटी रोग विशेषज्ञ डा. रौनक दाहालका अनुसार घाँटी खसखसाउने भनेको नै टन्सिलको इन्फेक्सन अर्थात् टन्सिल पाक्ने समस्या हो। यसको सुरुवातमा घाँटी खसखसाउनेबाट हुन्छ र बिस्तारै पछि गएर केही निल्दा वा खाना खाँदा दुख्ने हुन्छ।
यसको लागि घरमा चिसो परिकारका खानेकुरा नखाने, धुलो धुवाबाट टाढा रहने, मनतातो पानीमा नुन राखेर बिहान बेलुका कुला गर्ने, मह खाने र प्रशस्त मात्रामा झोलिलो कुराहरू खाने गर्नुपर्छ।
घाँटी दुख्ने र खसखसाउने समस्या कतिपयलाई क्यान्सरको कारणले पनि भएको हुनसक्छ। त्यसले पछि गएर ठुलो घाउ भएर विकराल अवस्था ल्याउँछ। ग्यास्ट्रिकले गर्दा हो भने पछि गएर अल्सर पनि हुनसक्छ।
कतिपय सामान्य हुन सक्छ। कतिपयको गाह्रो हुन्छ। यदि धेरै घरेलु उपचार गरेर पनि निको भएको छैन भने घाँटी खसखसाउने, दुख्ने र बोली भासिने छ भने तुरुन्तै अस्पताल जानु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया