स्मरणशक्ति बढाउँछ : चेस खेल्दा विपक्षी तथा आफूले चालेका चालहरूलाई सम्झेर त्यहीअनुसार रणनीति बनाइराख्नुपर्छ । त्यही कारण मस्तिष्क निकै सक्रिय रहन्छ । यसले स्मरणशक्तिलाई तेज बनाउन सहयोग गर्छ ।
सोच्ने कलाको विकास गर्न : चेसका लागि आवश्यक रणनीतिक सोचले समस्या समाधान गर्ने खुबीलाई बढवा दिन्छ । यसले योजनाबद्ध रूपमा सोच्न पनि सिकाउँछ भने यसैले चेस खेल्नेहरुको मस्तिष्क निकै सक्रिय रहन्छ । खेलाडीले विभिन्न सम्भाव्यताको विश्लेषण गर्न, आफूले चालेका मुभहरूको सम्भावित परिणामबारे सोच्न र संकटमा पनि सोच्ने सामर्थ्य विकास गर्न सिक्छन् ।
ध्यानको विकास : चेस खेलाडीले बोर्डमा आफ्नो ध्यान र लगाव केन्द्रित गर्न जरुरी हुन्छ । उनीहरूले विपक्षीका मुभ हेर्ने र आफ्नो रणनीति बनाउने गर्नुपर्छ । तसर्थ, नियमित रूपमा चेस खेल्नेहरूको ध्यानशक्ति निकै राम्रो हुन्छ ।
सिर्जनात्मक क्षमताको वृद्धि : चेसले खेलाडीलाई फरक खाले मुभ चाल्न सिकाउँछ । जसकारण सिर्जनात्मक क्षमता वृद्धि भएर जान्छ । खेलाडीले फरक ढंगले सोच्ने सामर्थ्यको विकास गर्न थाल्छन् । कठिन समस्याहरूको पनि सिर्जनात्मक समाधान खोज्ने प्रयास गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया