मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इनर्जी बढाउन खानुहोस् यी खानेकुरा

नट्स : बदाम, काजु, आल्मोन्ड, ओखर, कटुस नट्सअन्तर्गत पर्छन् । प्रशस्त प्रोटिन र क्याल्सियम पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले यो राम्रो मानिन्छ ।

दिनमा दुई वा तीनवटा नट्स खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । तर, अत्यधिक सेवन गर्न भने हुँदैन । हड्डीलाई मजबुत बनाउने कामसमेत यसले गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ । ओखरले दिमागको मेमोरी पावर बढाउँछ । 

चकलेट : चकलेटका पनि धेरै फाइदा छन् । यसमा फाइबर पर्याप्त हुन्छ । यसले इनर्जी दिन्छ । तर, चिनीबाट बनेको चकलेट भने स्वास्थ्यका लागि राम्रो मानिँदैन । कोकोआ प्लान्टबाट बनेका डार्क चकलेट राम्रा हुन्छन् । केक बनाउँदा पनि यसको प्रयोग गर्ने गरिन्छ । 

किसमिस : किसमिस सिट्रस फुड हो । यसमा आइरन पोटासियम, क्याल्सियम तथा फाइबर प्रशस्त मात्रामा पाइन्छ । जो स्वास्थ्यका लागि लाभदायक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?