मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दमदार अभिनयले ओटीटीमा हलचल मच्चाउन तयार छन् बलिउड अभिनेत्री

काठमाडौं – ४० वर्ष नाघेका धेरै बलिउड अभिनेत्रीहरू ओटीटी मार्फत अभिनयको दुनियाँमा भव्य प्रवेश गर्ने तयारीमा छन् । उनीहरु आफ्नो दमदार अभिनयले ओटीटीमा हलचल मच्चाउन तयार छन् । जसमा सुस्मिता सेन, रविना टण्डन, माधुरी दीक्षित, जुही चावला, तब्बु लगायतका धेरै अभिनेत्री सामेल छन् ।

कोंकणा सेन शर्मा

नेटफ्लिक्सको कमेडी थ्रिलर वेब सिरिज ’किलर सूप’ जनवरी ११ मा रिलिज भएको छ। यस सिरिजमा कोंकणा सेन पहिलो पटक मनोज बाजपेयीसँग स्क्रिन सेयर गर्दैछिन् ।

रविना टण्डन

वेब सिरिज ‘आरण्यक’ बाट ओटीटी डेब्यू गरेकी रविना टण्डन अब डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘कर्मा कलिङ’ मा देखिने भएकी छिन् ।

हालै यस सिरिजको एक दमदार ट्रेलर सार्वजनिक भएको छ, जसमा रविनाले उद्योगमा राज गरिसकेकी इन्द्राणी कोठारी नामक अभिनेत्रीको भूमिका निर्वाह गरिरहेकी छिन् । रुची नरेनले निर्देशन गरेको यो वेब सिरिज २६ जनवरीमा रिलिज हुने तयारीमा छ ।

शिल्पा शेट्टी

शिल्पा शेट्टी रोहित शेट्टीको वेब सिरिज Indian Police Force बाट OTT मा धमाकेदार बन्न तयार छिन्। यस सिरिजमा उनी प्रहरी अफिसको भूमिकामा छिन् ।

हालै यस सिरिजको एक शानदार ट्रेलर सार्वजनिक भएको छ, जसलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । यो शृङ्खला जनवरी १९ मा Amazon Prime Video मा रिलिज हुनको लागि तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?