काठमाडौँ – बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रूपमा चिनिन्छन् । उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ । यसअघि उनले कैयौँ फिल्म बनाइसकेका छन् । यसमा ‘देवदास’ पनि पर्छ । भन्सालीको यो ब्लकबस्ट फिल्ममा शाहरुख खान, ऐश्वर्या राय र माधुरी दीक्षितको अभिनय थियो ।
हालैमात्र यसको क्लाइमेक्स दृश्यलाई लिएर डिजाइनर नीता लुल्लाले युट्युब च्यानल वाइपिङ आउट द नर्मसँग कुराकानी गरेकी थिइन् । उनका अनुसार भन्सालीले ‘देवदास’को क्लाइमेक्स दृश्यका लागि अन्तिम समयमा ऐश्वर्याको आउटफिट परिवर्तन गरेका थिए । उनले डिजाइनरलाई ऐश्वर्याका लागि १५ मिटर लामो सिल्क साडीको व्यवस्था गर्न भनेका थिए ।
‘उनले मलाई भने, ‘मैले उनको (ऐश्वर्या)को कल्पना सिढीबाट तल भाग्दै गरेको दृश्यको गरेको छु । उसको साडीको भाग जलिरहेको छ । मलाई यसका लागि एक १५ मिटर लामो सिल्क साडी चाहिन्छ । मलाई यस्ता दुई साडी चाहिन्छ, ताकि एउटा जल्यो भने पनि अर्को हामीसँग हुन्छ’, भन्सालीले आफूलाई भनेको कुरा नीताले सम्झिएकी छन् ।
सञ्जयको कुरा सुनेपछि नीता साडीको खोजीमा निस्केकी थिइन् । ‘यो सबै गोरेगाउँ स्टुडियोमा भएको थियो । हामीसँग त्यो बेला मोबाइल थिएन, मात्र पेजर थियो । मेरो अगाडि उनले ऐश्वर्या र किरण खेरलाई फोन गरेर ‘के तिमीहरुसँग दुई पूजावाला साडी छ ?’ भनेर सोधे । मैले उनलाई ‘के म जाऊँ ?’ भनेर सोधिरहेँ । त्यो बेलासम्म कोहीसँग साडी छैन भन्ने थाहा भइसकेको थियो । त्यो बेला १०ः३० बजिसकेको थियो । त्यसपछि सञ्जयले मलाई ‘के हामी अर्को दिन सुट गर्न सक्छौँ ?’ भनेर सोधेँ । मैले ‘हुन्छ’ भनेपछि उनी बाहिर निस्किए’, नीताले भनेकी छन् ।
नीताका अनुसार निकै आग्रह गरेपछि एक पसलेले आधा रातमा दोकान खोलेका थिए । त्यसपछि उनले साडीको सामाग्री छानिन् । ‘ऊ राती १२ देखि १२ः२० सम्म दोकान खोल्न आएको थियो । मैले कपडा पाएँ र मैले यो विषयमा पहिले नै आफ्नो टिमसँग कुराकानी गरिसकेकी थिएँ । उनले तुरुन्तै साडीको बोर्डर काट्ने काम थाले । हामीले बिहान ६ बजे साडीको काम पुरा गर्यौँ । म ९ः३० मा सेटमा पुगें र हामीले सुटिङ शुरु गर्यौ’, उनले सम्झिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया