मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

जब आइन्स्टाइनको हत्या गर्नेलाई हिटलरले ‘पाँच हजार डलर’ इनाम तोके

तीन वर्षको हुँदासम्म बोल्न सक्दैनथे आइस्टाइन

काठमाडौँ– सन् १९३३ मा जर्मनमा हिटलरको तानाशाही शासन शुरु भएपछि यहूदीहरू विरुद्ध अभियानको थालनी भयो ।

भनिन्छ, हिटलरले जर्मन राष्ट्रका शत्रुहरुको सूची नै बनाएका थिए । जसमा अमेरिकामा बस्दै आएका वैज्ञानिक अल्वर्ट आइन्स्टाइन पनि परे । उनको हत्या गर्ने व्यक्तिलाई पाँच हजार डलर पुरस्कार दिने घोषणा नै गरियो ।

सन् १८७९ मार्च १४ मा जर्मनीमै जन्मेका आइन्स्टाइन हिटलरको यहूदीप्रतिको घृणाका कारण १९३३ मा जर्मन नागरिकता त्यागेर अमेरिकामा बस्न शुरु गरे ।

आइन्स्टाइन एक मध्यमवर्गीय यहूदी परिवारका सदस्य थिए । जो २० औं शताब्दीको प्रभावशाली वैज्ञानिकका रूपमा चिनिन्छन् । उनको योगदानले अहिले पनि खगोलविद्हरूलाई गुरुत्वाकर्षणदेखि बुधको कक्षसम्मका सबै कुरा अध्ययन गर्न सहयोग पुर्‍याएको छ ।

आइन्स्टाइनसँग सामान्य मानिसभन्दा अलग्गै र अद्भूत दिमाग रहेको विश्वास गरिन्छ । हार्वेको १९८५ मा गरिएको एक अध्ययन रिपोर्टमा आइन्स्टाइनको मस्तिष्कमा उनीहरूले जाँच गरेका अन्य मस्तिष्कहरूको तुलनामा प्रति न्यूरोन्समा धेरै संख्यामा ग्लियल कोशिकाहरू थिए ।

जसबाट अध्ययनकर्ताहरुले आइन्स्टाइनको मस्तिष्क कोशिकाहरूले बढी ऊर्जा प्रयोग गरी सोच्ने क्षमता र वैचारिक सीपहरू विकास भएको निष्कर्ष निकाले ।

सन् १९९६ मा न्युरोसाइन्स लेटर्स जर्नलमा प्रकाशित एक अध्ययनले आइन्स्टाइनको मस्तिष्कको तौल १ हजार २ सय ३० ग्राम मात्र रहेको पत्ता लगाएको थियो । जुन सामान्य वयस्क पुरुष मानिसको मस्तिष्कभन्दा कम मानिन्छ ।

यस्तै सन् २०१२ मा ब्रेन जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदनले आइन्स्टाइनको मस्तिष्कमा सचेत सोच्ने क्षमता सामान्य मानिसको भन्दा धेरै भएको कुरा सार्वजनिक भएको थियो । नोबेल पुरस्कार वेबसाइटका अनुसार १४ मार्च १८७९ मा जर्मनीमा जन्मिएका आइन्स्टाइनका बुवालाई व्यापार गर्न समस्या भएपछि उनको परिवार इटाली गएको थियो । आइन्स्टाइनका बुवा हर्मन इलेक्ट्रोकेमिकल कारखाना चलाउने काम गर्थे ।

आइन्स्टाइन तीन वर्षको हुँदासम्म पनि बोल्न सकेका थिएनन् । जन्मँदा उनको टाउको सामान्यभन्दा केही ठूलो थियो जुन पछि शारीरिक विकाससँगै सामान्य भयो ।

स्पेस डटकममा प्रकाशित एक रिपोर्टका अनुसार दिशा देखाउने कम्पास सुइमा रहेको अदृश्य शक्ति र ज्यामिति गणितबारेमा युक्लिडले लेखेको किताबका कारण उनलाई विज्ञानमा रुचि बढ्न थालेको कुरा आइन्स्टाइनले आफ्नो एक पुस्तकमा उल्लेख गरेका छन् ।

विज्ञान र पृथ्वीमा रहेका यस्ता अदृश्य शक्तिहरूप्रति आइन्स्टाइनको आकर्षण जीवनभर रह्यो । फलस्वरुप ब्रह्माण्डका गोप्य नियमहरू पत्ता लगाउनतिर उनी लागे । विज्ञानको क्षेत्रमा क्रान्ति नै साबित भएको सापेक्षतावादको सिद्धान्त पत्ता लगाउन सफल भए ।

जसले विशेष सापेक्षतावाद अर्थात् गुरुत्वाकर्षणको व्याख्या र फोटोइलेक्ट्रिक प्रभाव (निश्चित परिस्थितिहरूमा इलेक्ट्रोनहरूको व्यवहारको व्याख्या) गर्न सहयोग गर्‍यो ।

उनलाई यही सिद्धान्त प्रतिपादनका लागि १९२१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार समेत प्रदान गरियो । आइन्स्टाइनले ब्रह्माण्डका सबै शक्तिहरूलाई एकीकृत गर्नेमा प्रयास गरेका थिए भनेर पनि भन्ने गरिन्छ ।

आइन्स्टाइनका प्रमुख वैज्ञानिक सिद्धान्त

भौतिकशास्त्रमा आइन्स्टाइनको विरासत महत्वपूर्ण छ । आइन्स्टाइनले विशेष सापेक्षताको सिद्धान्तमार्फत भौतिक नियमहरू अरुको अधिनमा नरहेसम्म सबै पर्यवेक्षकहरूका लागि समान हुने कुरा पत्ता लगाए । पर्यवेक्षकले जतिसुकै गतिमा यात्रा गरिरहेको भए तापनि प्रकाशको गति सधैं उस्तै हुने कुरा पनि उनले पत्ता लगाए । यो काम गर्दागर्दै उनले अन्तरिक्ष समयसँग जोडिएको छ भन्ने महसूस गरे ।

यस्तै आइन्स्टाइनले गरुत्वाकर्षणको पुनरुत्पादन अर्थात् सामान्य सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरे । आइन्स्टाइनले अन्तरिक्ष समयको बारेमा सोच्दा, कुनै ठूलो वस्तुले अन्तरिक्ष समयमा विकृति उत्पन्न गर्ने त्यही गुरुत्वाकर्षण बल उत्पादन हुन्छ भन्ने मान्यता स्थापित गराए ।

यही सामान्य सापेक्षतावादको सिद्धान्तले सन् २०१९ मा मिल्की वेको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलको प्रयोगमा एउटा ठूलो सफलता प्राप्त गरेको थियो ।

१९०५ मा आइन्स्टाइनले प्रकाशलाई तरंगको सट्टा कणहरूको स्ट्रिमको रूपमा सोच्नुपर्छ भन्ने प्रस्ताव राखे । जसले उनको कामले जिज्ञासु नतिजाहरू बुझ्न मद्दत गर्‍यो । जुन वैज्ञानिकहरूले त्यसअघि व्याख्या गर्न असमर्थ थिए ।

ओपनहाइमर र आइन्स्टाइन सम्बन्ध

आइन्सटाइन पुँजीवादी विसङ्गतिको आलोचक पनि मानिन्थे । उनले आफ्नो एक लेखमा समाजवाद नै उत्कृष्ट समाज हो भनी व्याख्या गरेका छन् । भनिन्छ, उनले सन् १९१४ मा पहिलो विश्वयुद्ध शुरु भएपछि सन् १९१५ मा लिग अफ नेसनको माग गर्दै गरिएको युरोपको घोषणा(मेनिफेस्टो अफ युरोप)मा हस्ताक्षर गरेका थिए । 

आइन्स्टाइनले प्रतिपादन गरेको पदार्थ वा पिण्डलाई शक्तिमा बदल्न सकिन्छ भन्ने कुरा आफ्नो प्रख्यात सुत्र ‘इ इजकल्ट टु एमसी स्क्वायर’ बाट प्रमाणित गरे । यही सूत्रबाट पिण्डभित्र अति धेरै बन्द भइरहेको शक्तिलाई कसरी बाहिर निकाल्ने भन्ने कुरा त्यतिखेरसम्म स्वयं आइन्स्टाइनलाई समेत थाहा थिएन । तर उनको यही समीकरणमा आधारित रहेर म्यान्ह्याटन परियोजना अन्र्तगत ओपनहाईमरले अणुबमको विकास गरेको बताइन्छ ।

जुन अणुबम सन् १९४५ को अगस्टमा दोस्रो विश्वयुद्धको समयमा जापानको हिरोसिमा र नागासाकीमा खसाइएका थिए । त्यसपश्चात आइन्स्टाइन, सिलार्डजस्ता र कैयौँ वैज्ञानिकहरूले ती बमहरू जापानी शहरमा खसाइएकोमा निन्दा गरेका थिए ।

कृत्रिम रूपमा जीवन लम्ब्याउनु बेस्वाद भन्ने धारणा राख्ने आइन्स्टाइनको सन् १९५५ अप्रिल १८ का दिन धमनीविस्फारका कारण मृत्यु भयो । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका अनुसार उनको मुटुको नजिकै रक्तनली फुटेका कारण उनले शल्यक्रिया गर्न अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?