काठमाडौँ– साहित्यकार मिलन शाह शंकरको उपन्यास कृति ‘कर्ना’ काठमाडौंँमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा सो कृतिको लोकार्पण गरेको हो ।
कृति लोकार्पणको अवसरमा स्रष्टा शाह–शंकरले आफ्नी आमाआमा कमला फाउण्डेशनको पनि अनावरण गरेका छन् ।
स्रष्टा शाह–शंकर दश वर्षपछि सो कृति ल्याएको हो। यसमा आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको उनले बताए । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार दाहालले कर्ना साच्चैकै राम्रो कृति कर्ना रहेको बताए । उनले कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पारेका थिए ।
प्रा डा.सुरेन्द्र केसी, पत्रकार एवं साहित्यकार प्रा। पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया