काठमाडौँ – चीनले विश्वको सबैभन्दा शक्तिशाली ठोस इन्धन रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
समाचार संस्था सीजीटीएनका अनुसार चीनको निजी एयरोस्पेस कम्पनी ओरिएन्स स्पेसले ग्र्याभिटी–वान ‘वाईएल–१’ रकेट बिहिबार प्रक्षेपण गरेको हो । रकेट चिनियाँ समयअनुसार बिहीबार साढे १ बजे रकेट प्रक्षेपण गरिएको थियो ।
पूर्वी चीनको शानदोङ प्रान्तको हाइयाङ शहरको तटबाट प्रक्षेपण भएको उक्त रकेटले तीन वटा भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेको छ ।
उक्त रकेटले तीन वटा युन्याओ – १ मौसम विज्ञान उपग्रहलाई सफलतापूर्वक पृथ्वीको कक्षमा तैनाथ गरिदिएको हो । रकेट ग्र्याभिटी–१ को उचाइ करिब ३० मिटर भएको बताइएको छ ।
यस रकेटले १०० किलोग्रामभन्दा बढी तौलका धेरै उपग्रहहरू र करिब ३ देखि ४ टन तौलको सानो कार्गो अन्तरिक्ष यान प्रक्षेपण गर्न सक्छ ।
साथै यसले लगभग ६ हजार ५ सय किलोग्राम पेलोड बोकेर अन्तरिक्षमा लैजान सक्छ ।
करिब ४०० टनदेखि ६०० टन तौल भएको यो रकेट निजीक्षेत्रको सबैभन्दा शक्तिशाली रकेट पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया