काठमाडौँ– गाजललाई आँखाको मेकअपको लागि प्रयोग गर्ने गरिन्छ । मानिसको अनुहारमा चमक ल्याउन गाजलको विशेष भूमिका रहन्छ । गाजल वा आँखामा लगाइने हाइलाइटले जुनसुकै मेकअपको लुक्सलाई राम्रो बनाउँछ । हामी तपाईलाई गाजल कसरी लगाउने भन्नेबारे जानकारी दिन्छौँ ।
आँखाको लागि पनि गाजल फाइदाजनक
सुरुमा गाजल बनाउनु पर्छ । गाजलको प्रयोगले महिलाको मेकअपलाई थप आकर्षक बनाउँछ । सुन्दरतासँगै गाजलले हाम्रो आँखालाई फाइदा पनि गर्छ । आज हामी गाजलको विशेषताबारे जानकारी दिन्छौँ ।
गाजल लगाउनुको फाइदा
१, गाजलले तनावमा राहत दिनुका साथै आँखालाई आराम दिन्छ ।
२, गाजलले आँखाको परेलालाई मजबुत र घना बनाउँछन ।
३, गाजलमा हुने एन्टीव्याक्टेरियाले आँखालाई इन्फेक्सनबाट बचाउँछ ।
४, आँखाको कुनामा रहेका किटाणुलाई गाजलले मार्ने गर्छ ।
५, गाजलले आँखाको केही रोगबाट बचाउनुका साथै उपचार गर्न मद्दत गर्छ ।
६, यसलाई आँखालाई चिसो र सफा राख्छ ।
७, गाजलले सूर्यबाट आउने हानिकारक विकिरणलाई आँखामा जान दिँदैन । साथै धुलोबाट बचाउँछ ।
८, गाजलले आँखालाई मजबुत बनाउँछ ।
९ गाजलले आँखा सुनिने र आँखाबाट पानी आउने रोगको उपचार गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया