काठमाडौँ– खतरनाक एक्सन सिक्वेन्सले युवा एक्सन स्टारका रुपमा लोकप्रिय टाइगर श्राफको करियरमा सङ्कट देखिन थालेको छ । एकपछि अर्को फिल्म फ्लप भएपछि उनी कामविहीन बनेका हुन् ।
उनका पछिल्ला तीन फिल्म ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ लगातार बक्सअफिसमा असफल भएभने यसको क्षती कम गर्न उनलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ ।
तर अहिले उनी खाली हात छन् । उनी ‘रेम्बोँ मा देखिने भने पनि यो गर्मीमा फ्लोरमा जाने यो फिल्म बजेटको समस्याका कारण स्थगित गरिएको छ ।
११ वटा फिल्म रिलिज हुँदा टाइगरले हालै मात्र लगातार ३ फ्लप फिल्मका साथ कुल ६ फ्लप फिल्म दिएका छन भने जियोले टाइगरका साथ महँगो एक्सन फिल्म बनाउन सम्भव नरहेको बताइसकेको छ ।
यही कारण उनलाई पारिश्रमिक घटाउन निर्माताहरुले सल्लाह नै दिएका छन् । उनलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोडमा सीमित गर्न सल्लाह नै दिएका थिए ।
जहाँ टाईगरले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०–३० करोड पारिश्रमिक लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया