मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिठो र रसिलो स्याउ किन्दै हुनुहुन्छ ? अपनाउनुस् यी विधि

काठमाडौँ– स्वस्थ्य जीवनयापनको लागि मानिसहरु स्याउलाई सेवन गर्छन् । किनकी स्याउमा विभिन्न पौषक तत्वहरु पाइन्छ । जसले गर्दा यसलाई ब्रेक फास्टमा खान मन पराउने पनि हुन्छन् । स्याउमा फाइबर र भिटामिनको मात्रा बढी हुन्छ । यसले गर्दा रोगहरुसँग स्याउले मद्दत गर्छ । साथै स्याउले इम्युनिटी पावर मजबुट बनाउँछ ।

स्याउ स्वास्थ्यको लागि जति फाइदाजनक छ । त्योभन्दा पनि स्याउ छनोट गर्न धेरै झन्झट छ । बाहिर राम्रो देखिएका स्याउ पनि भित्र विग्रेको हुन्छ । महंगोमा किनेको स्याउ विग्रेको पाइएमा धेरै पछुतो हुन्छ । त्यसैले हामी तपाईलाई मिठा र रसिलो खरिदको लागि केही टिप्स दिन्छौँ । जसले स्याउ छनोटको लागि तपाईलाई धेरै मद्दत गर्छ ।

स्याउको साइज
ताजा, मिठो र रसिलो स्याउ किन्नको लागि पहिला त्यसको साइजमा ध्यान दिनुहोस् । हल्का र नर्मल साइज भएको स्याउको छनोट मात्रै गर्नुपर्छ । किनकी ठूलो र धेरै तौल भएको स्याउ विग्रेको हुन सक्छ । उसो त स्याउको तौल साजइमै निर्भर हुने गर्छ । तर धेरै तौल भएको स्याउ नकिन्नुस् ।

रंगबाट पहिचान गर्नुहोस् ।
बजारमा हल्का रातो, पहेँलो र हरियो रंगको स्याउ पाइन्छ । रातो रंगको स्याउ सबैलाई आकर्षण गर्छ । रातो स्याउको तुलनामा हल्का रातो र हरियो स्याउ मिठो हुन्छ । अधिकांश हरियो स्याउ काँचो हुन्छ । केही पहेँलो भएको स्याउ मिठो हुन्छ । तर यसमा रस कम हुन्छ ।

छामेर पत्ता लगाउने
कुनै पनि फललाई छामेर राम्रो कि खराब भनेर थाहा पाउन सकिन्छ । मिठो र ताजा स्याउका लागि त्यसको धारमा ध्यान दिनुहोस् । राम्रो र रातो रंगको धारिलो स्याउ मिठो हुनुको साथै रसिलो पनि हुन्छ । स्याउमा केही दाग छ भने त्यसलाई सजिलै देख्न सकिदैँन । त्यसैले हातमा लिएर राम्रोसँग हेर्नुपर्छ । यदि हल्का मात्रै दाग देखिए पनि त्यसलाई नकिन्नुस् ।

वास्नाले पत्ता लगाउने
स्याउको वास्नाले मिठो वा नमिठो भनेर थाहा पाउन सकिन्छ । किनकि स्याउ मिठो भएमा त्यसको वास्नामा मिठास आउँछ । तपाई यसको वास्नाबाट पत्ता लगाउन सक्नु हुन्छ । यदि वास्ना नआएमा त्यसलाई थिचेर पनि थाहा पाउन सक्नुहुन्छ ।

स्याउको गुणस्तर
बजारमा रातो र गोल्ड स्याउ पाइन्छ । त्यसैले अधिकांश मानिस झुकेर धेरै मूल्य तिरेर गुणस्तरहीन स्याउ किनेर ल्याउँछन् । गोल्डेन स्याउको तुलनामा रातो धेरै मिठो र रसिलो हुन्छ । साथै स्वस्थकर पनि हुन्छ । त्यसैले रातो स्याउ किन्नु एकदम राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?