कैलाली– धनगढी उपमहानगरपालिकामा दुई दिने निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । उपमहानगर र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा क्यान्सर परीक्षण शिविर सञ्चालन हुन लागेको हो ।
शिविर यही जेठ ११ र १२ गते सञ्चालन हुनेउपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाअनुसार जेठ ११ गते शुक्रवार धनगढीको वडा नम्बर १२ जुगेडाको नवदुर्गा आधारभूत विद्यालय र १२ गते शनिवार वडा नम्बर ११ को सहरी स्वास्थ्य केन्द्र घोडसुवामा शिविर सञ्चालन हुने छ ।
शिविरमा विभिन्न क्यान्सरको चेकजाँच र परीक्षण गरिने छ । ३० वर्ष माथिका महिलाको पाठेघरको सम्भावित क्यान्सरको निःशुल्क चेकजाँच हुने उपमहानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया