मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कोपिलाका सुगन्ध’ विमोचन

काठमाडौँ– देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालापन समेटिएको विन्दुकुमारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ शनिबार एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

सीताराम–पदमकुमारी फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले उक्त पुस्तक विमोचन गरेका हुन् ।

उनले भने, ‘यो पुस्तकमा मेरो कथासहित देशका ख्यातिप्राप्त व्यक्तिहरूका कथाका विषयमा लेखिएको छ, लेखन तथा साहित्यिक क्षेत्रमा यतिसम्मको कलम चलाउन सक्नु ठूलो कुरा हो ।’

उनले मदनकृष्ण श्रेष्ठ र आफू हास्य व्यङ्ग्यकै माध्यमबाट चिनिन सफल भएका र उक्त क्षेत्रमा काम गर्दा कैयौं पटक प्रहरी हिरासतमा परेको स्मरण गराए । घरपरिवारले साथ दिए साहित्यदेखि कथा, कविता र पुस्तक लेखन सहज हुने उनले बताए ।

अर्का हास्य कलाकार मनोज गजुरेलले विन्दुकुमारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध मार्मिक एवं सान्दर्भिक रहेको बताए ।

प्रमुख अतिथि पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले देशका नाम चलेका व्यक्तिका बालापन समेटिएको पुस्तक पठनीय भएको बताए।

लेखक विन्दुकुमारी ढकालले घरपरिवार, विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिका एवं सञ्चारमाध्यमको साथ र सहयोगका कारण आफूले साहित्यलगायत पुस्तक लेखनमा अघि बढ्न सफल भएको बताइन् ।

उनले आफ्ना श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको प्रेरणाबाट लेखनमा लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?