मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

हेटौँडा– नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई शुक्रबार काठमाडौंमा आयोजित पन्ध्रौं प्रिज्मा डी सिने अवार्डमा ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

उक्त अवार्ड कार्यक्रममा गौतमलाई नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री भुवन चन्द, संगीतकार शम्भुजित बास्कोटा, अभिनेत्री बसुन्धरा भुसाल र छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रिय लगायतले नगद १५ हजार रुपैयाँसहित संयुक्त रूपमा पुरस्कार प्रदान गरेको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष रहनुका साथै राष्ट्रिय समाचार समिति (रासस) का पनि मनहरी समाचारदाता रहेका गौतम स्थानीय तहमा विधागत पत्रकारितामा समेत उत्तिकै सक्रिय छन्।

चलचित्र पत्रकार संघ नेपालको मकवानपुर शाखाका संस्थापक सचिव र दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका गौतमले केही चलचित्रहरूमा अभिनय गरेका छन् भने चलचित्र निर्माणमा समेत सहयोग गरेका छन्। पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा संलग्न जनशक्तिलाई प्रोत्साहन मिल्ने बताएका छन्।

उनले मुलुकको बहुभाषिक र बहुसांस्कृतिक पहिचान बिस्तार गर्ने क्षेत्रका रूपमा चलचित्र लगायतका क्षेत्रमा पर्याप्त प्रोत्साहन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?