मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंकै स्वास्थ्य केन्द्रमा छैन एक्सरे र फार्मेसीको सेवा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाभित्रको एक मात्रै स्वास्थ्य केन्द्रमा पनि एक्सरे र फार्मेसीको सेवा सञ्चालन हुन सकेको छैन । महानगरभित्रको रामघाट प्राथमिक स्वास्थ्य केन्द्र भवनको अभावले सो सेवा सञ्चालन हुन नसकेको हो ।

पशुपति क्षेत्रका सञ्चालित सो केन्द्र भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ । भवनमा आवश्यक पूर्वाधार नभएकोले सो समस्या भएको । केन्द्रका प्रमुख एवं मेडिकल अधिकृत डा सुनिता लम्सालले जानकारी दिइन् ।

सो केन्द्रमा पूर्वाधारसँगै जनशक्तिको समेत अभाव भएको उनले बताइन् । केन्द्रमा एक्सरे र फार्मेसी सेवा सञ्चालन नभएकोले ‘एन्टी रेबिज भ्याक्सिन’ लगाएको रु ५० शुल्कबाहेक अरु सबै सेवा निःशुल्क दिने गरिएको उनको भनाइ छ ।

केन्द्रमा हाल बहिरङ्ग, प्रयोगशाला, इसिजी, खोप सेवा, डट्स, सुरक्षित मातृत्व, परिवार नियोजनलगायत सेवा दिने गरिएको छ। केन्द्रमा दैनिक ५० देखि ६० जनाले दैनिक सेवा लिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?