मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिस पिंक नेपाल २०२४’ को उपाधि अनमोल राईलाई

काठमाडौँ– ‘मिस पिंक नेपाल २०२४’ को उपाधि अनमोल राईले हात पारेकी छिन् ।

निल हिरा समाजले बिहीवार जमलस्थित राष्ट्रिय नाचघरमा गरेको मिस पिङ्कको सातौं संस्करणमा अनमोलले यस संस्करणको उपाधि जितेकी हुन् । उनलाई २०१८ की मिस पिंक नेपाल एन्जल लामाले क्राउन पहिरिदिएकी थिइन् ।

उपाधिसँगै उनले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । उनले ‘मिस फोटोजेनिक’ र ‘मिस बेस्ट कृयटिभ डे«स’ अवार्ड समेत जितिन् । यी दुवै टाइटल बापत उनलाई २०–२० हजार रुपैयाँ नगद प्रदान गरियो ।

‘मिस पिंक नेपाल २०२४’ को ‘फस्र्ट रनर अप’ सरोजी न्यौपाने र सेकेन्ड रनर अप आरोही बस्नेत भएकी छिन् । यी दुवैले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

सरोजीले ‘बेस्ट वाक अवार्ड’ र ‘बेस्ट ट्यालेन्ट अवार्ड’ समेत हात पारिन् । यी दुवै विधामा उनले २०–२० हजार रुपैयाँ नगद पाइन् । त्यस्तै ‘मिस ब्युटीफुल अवार्ड’ सायरा लामाले जितिन् । उनलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?