– हरेक भान्सामा सहजै पाउन सकिने कागतीको रस निकालेर पानीसँग मिसाएर फ्रिजभित्र राख्दा यसले फ्रिजको दुर्गन्ध हटाउँछ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्दा पनि फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।
– सुन्तला वा पुदिनाको जुसको प्रयोगले फ्रिजको दुर्गन्ध हटाएर सुगन्ध भर्न सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । यसकालागि फ्रिज सफा गर्ने पानीमा सुन्तला र पुदिनाको रसको केही थोपा मिसाएर सफा गर्न सकिन्छ । यो जुस कचौरामा राखेर फ्रिजभित्रै राखे झन् छिटो नतिजा पाउन सकिन्छ ।
– पत्रिकाको प्रयोगले पनि फ्रिजको दुर्गन्ध हटाउन सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सकिन्छ । यस अलावा फ्रिजमा पत्रिकाको एक मुठो राखेमा दुर्गन्ध हट्ने गर्दछ ।
– कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राखेमा फ्रिजबाट दुर्गन्ध जाने मात्र होइन, फ्रिजभित्र कफीको बास्ना समेत आउँछ ।
– धेरैले फ्रिजको दुर्गन्ध हटाउन खाने सोडाको प्रयोग गर्दछन् । खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखेमा यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया