काठमाडौँ – फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किनेको छ ।
पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको कथामा बनेको यो फिल्मलाई विश्व बजारमा एप्पलले रिलिज गर्नेछ ।
फिल्मको निर्देशन जेनिफर पिडमले गर्ने तयारी गर्दै गर्दा फिल्मका लागि शीर्ष पात्रका लागि अहिले विश्वव्यापी रूपमा अडिसन चलिरहेको छ ।
यो फिल्ममा हलिउड फिल्म ‘लायन’ लेखिसकेका लेखक ल्युक डेभिसको पटकथा रहनेछ । फिल्मको कार्यकारी निर्माता तेन्जिङका छोरा नोर्बु हुन् । फिल्मको छायाङ्कन आउँदो वर्षबाट सुरु हुने निर्माणपक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया