मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिल्पीमा ‘प्रज्ञा कुञ्ज’को नाट्य उत्सव

काठमाडौँ– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा यतिबेला ‘प्रज्ञा कुञ्ज’को नाट्य उत्सव चलिरहेको छ । वैशाख ३१ गतेदेखि चलिरहेको उत्सवमा बाल नाटकहरु मञ्चन भइरहेका छन् ।

पहिलो दिन चलचित्र निर्देशक तुलसी घिमिरेको आतिथ्यमा ‘उज्यालोतिर,’ ‘खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ,’ ‘चकलेट’ नाटकहरु मञ्चन गरिएको थियो ।

दोस्रो दिन ‘कालु र बाघ,’ ‘इमान्दार दाउरे,’ ‘सानी र परी’ मञ्चन भए । त्यसैगरी तेस्रो दिन ‘चार्ली एन्ड द चकलेट,’ ‘फ्याक्ट्री,’ ‘श्रवणकुमारको कथा,’ ‘द फिनिस लाइन’ नाटकहरु मञ्चन भएका थिए ।

नाट्य प्रशिक्षक एवं निर्देशक टंक चौलागाईं र प्रकेश सिन्धुलियका नाटकहरुलाई नै मञ्चन गरिएको हो । ‘ब्युटी इज अ बिस्ट,’ ‘फूलको भाषा,’ ‘दुःखी राजकुमारी,’ ‘पापबुद्धि धर्मबुद्धि जस्ता नाटकहरु पनि नाटुय उत्सवमा समावेश गरिएको चौलागाईंले सुनाए । उत्सवमा बालबालिकाहरुले उल्लेख्य सहभागिता जनाएका छन् ।

नाट्य विधामा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले करिब बाह्र वर्ष अघिदेखि विद्यालयमा नाटक विधाको पठनपाठन गरिरहेको छ । प्रज्ञा कुञ्जले पठनपाठनको अलवा हरेक वर्ष नाट्य सप्ताह आयोजना गरी विद्यालयका सबै विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा यसक्षेत्रको महत्वबारे ज्ञान बाँडिरहेको छ ।

चौलागाईंका अनुसार सर्वनाम, मन्डला, शिल्पी, कुञ्ज र स्टुडियो थिएटरमा यस विद्यालयका विद्यार्थीहरुले नाटक मञ्चन गरिसके । विद्यालयकै प्रेक्षालय ब्ल्याक बक्स निर्माण गरी नाटक समेत मञ्चन समेत गरिसकेको उनले सुनाए ।

यस विद्यालयबाट विद्यार्थीहरुले नाटकमा अभिनयसँगै चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीमा समेत बालकलाकारको रूपमा अभिनय गरिसकेका छन् ।

चौलागाईंका साथै रङ्गकर्मीहरु प्रतिक दुलाल पनि यस विद्यालयमा नाट्य शिक्षकको रुपमा कार्यरत छन् । यस पटक चौलागाईं र दुलालका साथमा रङ्गकर्मीहरु विजया कार्की, विजय नेपाल र बनसरी पान्डेले साथ दिएका छन् ।

नाट्य उत्सव जेठ ४ गतेसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?