काठमाडौँ– गर्मीयाममा आँखाको समस्या बढी हुन्छ । जसमध्ये आँखा रातो हुनु एक हो । गर्मीसँगै यो समस्या अन्य विभिन्न कारणले पनि हुने गर्छ । तर यो समस्या गर्मीमा धेरै नै हुने गर्छ ।
कहिलेकाहीँ सानो जलन वा संक्रमण जस्ता गम्भीर अवस्थाको कारणले पनि आँखा रातो हुन सक्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार आँखाको सानो रक्तनलीहरु ठूलो भएपछि रगत भरिन्छ र आँखा रातो हुन्छ ।
सानो रक्तनलीमा पर्याप्त मात्रामा अक्सिजन नहुँदा पनि यो समस्या आउन सक्छ । त्यसैले गर्मीमा आँखाको सुरक्षाको लागि विशेष ध्यान दिनुपर्छ ।
आँखा रातो हुनुको कारणहरु
१, बढी गर्मी,
२, सूर्यको किरण सिधैँ आँखामा पर्नु,
३, धेरै पसिना आउनु,
४, धुलो र माटोको कारण,
५, एलर्जी रियाक्सन,
६, धेरै चिसो,
७, व्याक्टेरिया र भाइरल इन्फेक्सन
आइस प्याकबाट सेक्ने
आँखाको रातो कम गर्नको लागि घरेलु उपचारको आइस प्याक विधिबाट सेक्दा धेरै लाभदायी हुन सक्छ । आइस प्याकलाई आँखामा ५ देखि १० मिनेट राखेर हल्का रुपमा थिच्नुहोस् । यसलाई आँखालाई आराम मिल्छ । आँखालाई छुनु पूर्व हातलाई राम्रोसँग धुनुहोस् नत्र इनफेक्सन हुन सक्छ ।
कन्ट्याक्ट लेन्सलाई सही रुपमा प्रयोग गर्ने
तर गर्मीमा कन्ट्याक्ट लेन्सको प्रयोग गरेर आँखालाई बचाउन सकिन्छ । किनकि यसले आँखामा इन्फेक्सन हुने खतरा आउन सक्छ । लेन्स निकालेपछि आँखालाई चिसो पानीले सफा गर्नुहोस् कन्ट्याक्ट लेन्सको प्रयोग गरिसकेपछि सफा गर्नुहोस् । कन्ट्याक्ट लेन्सलाई समय समयमा परिवर्तन गर्नुपर्छ ।
हाइड्रेसन
आँखाको हाइड्रेसनबाट बच्नको लागि पर्याप्त पानी पिउनुहोस् । यसले शरीरमा रहेको इन्फेक्सनलाई पानीमार्फत बाहिर ल्याउन मद्दत गर्छ ।
आँखालाई सफा गर्ने
गर्मीयाममा पसिना आँखामा गएर इन्फेक्सन हुन सक्छ । त्यसैले बाहिरबाट आएपछि आँखालाई सफा पानीले तीन वा चार पटक पखाल्नुपर्छ । आँखालाई सफा पानीले धोएर चिसो कम्पेक्स गर्नुपर्छ ।
सनग्लास प्रयोग गर्ने
आँखालाई इन्फेक्सनबाट बचाउनका लागि बाहिर जाने समयमा सनग्लास लगाउनुपर्छ । यसले आँखालाई धुलो वा धुवाँबाट बचाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया