काठमाडौँ – विवाहको ११ वर्षपछि भरत तख्तानीसंग डिभोर्स गरेर चर्चामा रहेकी ईशा देओल अब फिल्ममा व्यस्त बन्न थालेकी छिन्।
यो खुसीको आधार भएको देओलले बताएकी हुन् । मुम्बईमा एक वृक्षारोपण कार्यक्रममा सहभागी भएको वेला उनले यसबारे खुलासा गरेकी हुन् ।
सो अवसरमा उनले आफू आगामी फिल्मको सुटिङमा व्यस्त रहेको भन्दै यसको छिट्टै घोषणा हुने समेत बताइन । ‘म अहिले यति नै भन्न सक्छु कि काममा फर्किएर म खुसी छु’उनले भनिन ।
उनले वृक्षारोपणमा सहभागी हुनु एक सुखद अवसर भएको भन्दै यो आफ्ना लागी मात्रै नभएर आगामी पुस्ताका लागि समेत महत्त्वपूर्ण रहेको बताइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया