काठमाडौँ– दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसङले उत्पादन गर्ने स्मार्टफोनको आगामी सिरिज ग्यालेक्सी एस २५ मा एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग गर्ने भएको छ ।
पान्डाफ्लास नामक सोसल मिडिया प्लाटफर्मले जनाएअनुसार सामसङले ग्यालेक्सी एस २५ सिरिजको लागि ब्याट्री एआई विकास गरिरहेको छ । जसले स्मार्टफोनको ब्याट्रीलाई १० प्रतिशतसम्म बचाउन सक्ने बताइएको छ ।
तर ब्याट्री एआईका विशेषता तथा यसले काम गर्ने तरिकाको बारेमा भने केही खुलासा गरिएको छैन । यो फिचरले ब्याकग्राउण्डमा चलेर ब्याट्री खपत गर्ने समस्याको भने समाधान गर्ने बताइएको छ ।
मिडिया रिपोर्टले यो फिचर ग्यालेक्सी एस २५ मै ब्याट्री फिचर राखिने बारेमा ठोकुवा नै त गरेका छैनन् । तर, कम्पनीले यो नयाँ तथा आधुनिक फिचर भएकाले एस २५ सिरिजबाटै सुरु गर्ने प्रक्षेपण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया