मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकारले आफ्नै भू–उपग्रह बनाउने, नेपालमै डाटा सेन्टर स्थापना गर्ने

काठमाडौँ– सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सरकारका तर्फबाट बोल्दै पौडेलले नेपालको आफ्नै डाटा सेन्टर निर्माण गर्ने प्रकियासमेत अगाडि बढाइने बताए । साथै उनले आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने बताएका छन् ।

सरकारले सूचना प्रविधिका क्षेत्रमा ‘वर्क स्टेसन’ स्थापना गरेर सातै प्रदेशमा गरी पाँच हजार रोजगारी स्थापना गरिने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?