काठमाडौँ – वर्षा सिवाकोटी, रेजिना उप्रेती र सरोज खनाल मुख्य अभिनय रहेको फिल्म ‘मोदीबेनी’ साउन १८ रिलिज हुने भएको छ ।
निर्माता दिलीप केसीले अनुकूल समय हेरेर फिल्मको प्रदर्शनमा तय गरेको बताएका छन् । डेब्यु निर्देशक शंकर कोइराला निर्देशित फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने जनाइएको छ ।
यो फिल्मबाट अमरप्रताप श्रेष्ठले एक्टरको रुपमा डेब्यु गर्दैछन् भने उनको अपोजिटमा वर्षाको अभिनय छ । यो फिल्मबाट रेजिनाले दशकपछि कमब्याक गर्दै छिन् ।
फिल्ममा प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराईको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्दविक्रम क्षेत्रीले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया