मुम्बई– तापसी पन्नु फिल्ममा फरक भूमिकाका फिल्ममा अभिनय गर्न रुचाउने बलिउड अभिनेत्रीमा पर्छिन् । बलिउडमा उनले कैयन् फिल्ममा काम गरिसकेकी छिन् ।
फिल्ममा निभाएका फरक फरक भूमिकाका कारण उनी सधै चर्चामा रहन्छिन् । उनले अभिनय गरेका फिल्म ‘पिंक’ र ‘थप्पड’ ले दर्शकको ध्यान खिचेका थिए । यी फिल्मबाट उनको खुबै चचासमेत भयो ।
‘पिंक’ पछि तापसीले एकपछि अर्को हिट फिल्ममा काम गरेकी छिन् । उक्त फिल्मबाट उनले अहिलेसम्म पनि वाहवाही पाइरहेकी छिन् । तर, यो फिल्म रिलिज हुनुपूर्व उनी आफ्नै फिल्मको विरुद्धमा समेत गएकी थिइन् । सम्भवतः यो घटना बलिउडकै लागि नौलो थियो ।
दमदार थियो फिल्मको कहानी
सन् २०२० मा तापसी पन्नुको फिल्म ‘थप्पड’ प्रदर्शनमा आएको थियो । यो फिल्ममा उनले एक गृहिणीको भूमिका निभाएकी थिइन् । ‘थप्पड’ मा अभिनेत्रीको भूमिका दमदार थियो । तापसी पन्नुको यो फिल्मको नाम अनुसार ‘थप्पड’ वरीपरी पुगेको थियो । तर पनि यो फिल्मको कहानी चर्चामा थियो ।
फिल्मको विरुद्धमा किन गइन् ?
तापसी पन्नुले आफ्नो फिल्म रिलिज हुनुभन्दा पहिला एउटा भिडियो रिलिज भएको थियो । सो भिडियो रिलिज भएसँगै सामाजिक सञ्जालमा ‘थप्पड’ को ट्रेलरलाई ब्याण्ड गर्ने माग गरिएको थियो । सो भिडियोलाई सामाजिक सञ्जालबाट ब्याण्ड गर्नको लागि कलाकारले रिपोर्टसमेत गरेका थिए । तर यी सबै फिल्मको पब्लिसिटीको लागि गरिएको थियो ।
फिल्ममार्फत सशक्त सन्देश
फिल्म ‘थप्पड’ को पहिलो ट्रेलर रिलिज हुने बित्तिकै अर्को पनि भिडियो सार्वजनिक गरिएको थियो । तापसी पन्नुलाई थप्पड मारेको सिन आउने बित्तिकै भिडियो त्यहाँबाट रोकिन्छ । अनि कलाकार आएर सो ट्रेलरलाई ब्याण्ड गर्न माग गर्छन् । थप्पड मारेको भिडियोबाटै यस्तो कुरालाई समर्थन गर्न र हेर्न नहुने बताउँछन् । त्यहीबाट उनले भिडियो ब्याण्ड गर्न माग गर्छिन् ।
थप्पडको आवाज कहाँसम्म पुग्यो ?
सन् २०२२ को जनवरी ३१ मा फिल्मको पहिलो ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिज हुने बित्तिकै फिल्मले चर्चा कमाएको थियो । फिल्म एक जना महिलाको कहानीसँग सम्बन्धित छ । जसलाई आफ्नो श्रीमान्ले थप्पड मारेपछि सामाजिक दबाब र लैंगिक राजनीतिक लडाइ लडेर छोड्ने फैसला गर्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया