मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साबुन पानीले हात धुँदा ध्यान दिनुपर्ने कुराहरू

साबुन पानीले हात धुँदा स्वस्थ्य रहन सकिन्छ भन्ने कुरा सबैमा जानकार भएको विषय हो । हात सफा नभएको अवस्थामा विभिन्न रोगको सङ्क्रमणले आक्रमण गर्ने जोखिम उच्च हुन्छ ।

साबुन पानीले हात धोएको खण्डमा हातमा भएका सङ्क्रमण बगेर जान्छ । साबुन नभएको अवस्थामा पानीले मात्रै पनि हात धुन सकिन्छ ।

तर, साबुन पानीले हात धोएको खण्डमा भने साबुनमा भएको तत्त्वका कारण अझ धेरै सङ्क्रमण हातबाट बग्न मद्दत मिल्छ र हात सफा हुन्छ ।

हातमा चिल्लो तथा च्यापच्याप लाग्ने किसिमको फोहोर टाँसिएको पनि हुन सक्छ । यस्तो अवस्थामा हात सफा नहुञ्जेल साबुन–पानीले मिचिमिची हात धुनुपर्छ ।

साबुन पानीले हात धुने पनि तरिका छन्।विश्व स्वास्थ्य सङ्गठनले पनि हात धुने तरिकाको बारेमा उल्लेख गरेको छ । हातमा फोहोर हुनसक्छ ।

–साबुन पानीले हात धुँदा सबैभन्दा पहिला त हात पानीले भिजाउनुपर्‍यो । त्यसपछि हातमा धेरै धुलो मैलो भए पखाल्नुपर्‍यो । धुलो मैलो पखालेपछि हातको सबै भागमा पुग्ने गरी साबुन लगाउनुपर्छ ।

–हातमा साबुन लगाएपछि राम्ररी एक आपसमा हत्केला रगड्नुपर्छ । त्यसैगरी दाहिने हात देब्रे हातको पछाडि राखेर रगड्ने अनि देब्रे हात पनि दाहिने हातको पछाडि राखेर पालैपालो रगड्नुपर्छ ।

–त्यतिले मात्रै हात सफा हुँदैन । औँलामा औँला घुसाएर राम्रोसँग रगड्नुपर्छ । औँलाको पछाडिको भाग एक–अर्कामा जोडेर सफा गर्नुपर्छ । त्यसैगरी दाहिने हातले देब्रे हातको बुढी औँला राखेर घुमाएर साबुन पानीले सफा गर्नुपर्छ । यसरी पालैपालो बुढी औँला सफा गर्नुपर्छ । औँलो जोडेर अर्को हातको हत्केलामा घुमाउँदै रगड्नुपर्छ।

–हातको सबैतिरको भागमा साबुन पानीले राम्रोसँग फिँज आउने गरी रगडेपछि सफा पानीले हात पखाल्नुपर्छ । यसरी राम्रोसँग साबुन पानीले हात धोएपछि सफा कपडाले पुछ्न सकिन्छ । तर, यसरी एक व्यक्तिले हात पुछेको कपडा अर्को व्यक्तिले प्रयोग गर्नु हुँदैन । 

– हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा कुहिनाले नाक र मुख छोप्नुपर्छ । जसले गर्दा सिँगान र थुकका छिट्टा अरू व्यक्तिमा पुग्दैनन् र व्यक्तिमा रोगको संक्रमण सर्ने जोखिमबाट बच्न सकिन्छ । यसरी हाच्छ्युँ गरेपछि तथा खोकेपछि साबुन पानीले हात धोइहाल्नुपर्छ । जसले गर्दा अरू व्यक्ति रोगको सङ्क्रमण सर्ने जोखिमबाट बच्न सकिन्छ ।

–दिसा, पिसाब गरेपछि साबुन पानीले हात धोइहाल्नुपर्छ । कुनै पनि फोहोर वा कुनै किसिमको विषादी छोएपछि हात धुन भुल्नु हुँदैन । बिरामीको स्याहार सुसार गर्दा होस् वा अस्पतालमा बस्दा नै किन नहोस्, साबुन पानीले हात धुन भुल्नु हुँदैन । खाना बनाउनु अघि होस् वा खाना खानु अघि, राम्रोसँग साबुन पानीले हात धुनुपर्ने हुन्छ । 

–यसरी हात धोएपछि हातमा टाँसिएर रहेका विभिन्न रोगका सङ्क्रमण पखालिन्छन् र व्यक्तिमा झाडापखाला, हैजालगायत विभिन्न रोग लाग्ने जोखिम कम हुन्छ । दिसा–पिसाब गरिसकेपछि वा कुनै पनि वस्तु चलाएपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । जसले व्यक्ति स्वस्थ रहन सकिन्छ । 

–साबुन पानीले हात धोएको खण्डमा व्यक्तिको शरीरभित्र रोगको सङ्क्रमण प्रवेशबाट गर्न धेरै हदसम्म बच्न सकिन्छ । हात राम्रोसँग धुँदा विभिन्न किसिमका सङ्क्रामक रोगबाट बच्न सकिन्छ । साबुन पानीले नियमित हात धुनाले विशेषगरी दिसापिसाब, फोहोर मैला, सङ्क्रमित खानपान र पानीबाट सर्ने रोगको जोखिमबाट बच्न सकिन्छ ।

–राम्रोसँग साबुन पानीले नियमित हात धुनाले झाडापखाला गराउने सङ्क्रमणबाट बच्न सकिन्छ । फ्लु (इन्फ्लुइन्जा), कमन कोल्ड (एडिनो भाइरस, राइनो भाइरस र आरएसभी) जस्ता सङ्क्रमणबाट बच्न सकिन्छ ।

कमन कोल्डको समस्या हुँदा नाकबाट पानी बग्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखिन्छन्। कमन कोल्डको तुलनामा फ्लु बढी जटिल हुन्छ । कमन कोल्ड गराउने कारणका रूपमा राइनो भाइरस, एडिनो भाइरस र आरएसभी लगायत पर्छन्। त्यसैले यस्ता विभिन्न रोगको सङ्क्रमणबाट बच्न साबुन पानीले नियमित हात धुन भुल्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?