मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि काठमाडौंमा विद्यार्थी महोत्सव

काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको आयोजनामा आजदेखि काठमाडौंमा विद्यार्थी महोत्सव हुँदै छ । 

विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै अनेरास्ववियु विद्यार्थी महोत्सवको आयोजना गरेको हो । भृकुटीमण्डपमा हुने महोत्सवको पहिलो दिन आज तीन वटा सत्र हुँदै छन् ।

महोत्सवको दिउँसो १२ बजे नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

महोत्सवअन्तर्गत विभिन्न १९ वटा सत्रहरू हुँदै छन् । मंगलबार विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार विषयमा माधव ढुंगेल, गुरुप्रसाद घिमिरे र लेखनाथ न्यौपानेबीच बहस हुँदै छ । बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो सत्रमा वाइपी आचार्यले सहजीकरण गर्नेछन् । 

दोस्रो सत्र बिहान ११ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुनेछ । कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले सहजीकरण गर्ने सो सत्रमा एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत वक्ता छन् ।

मंगलबारको तेस्रो सत्रमा कसरी सम्भव छ राजनीतिक स्थायित्व रु विषयक छलफल सत्रमा एमाले सचिव योगेश भट्टराई, कांग्रेस नेता प्रदीप पौडेल र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले बोल्नेछन् । सो सत्रमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले सहजीकरण गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?