शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्त्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ ।
यो सामान्यतया पिसाबबाट बाहिर निस्कने भए पनि मृगौलाको छान्ने क्षमता कम भएपछि त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।
उपवास वा तीव्र रूपमा तौल घटाउने चक्करमा पनि अस्थायी रूपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।
जसले शरीरको साना– साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । त्यस्तै सुतेको बेला हात औंला, खुट्टाको औँलाको जोर्नीमा दुखाई महसुस हुने जस्ता लक्षण देखा पर्छन् । कतिपय अवस्थामा हिँडडुल गर्नै समस्या हुने यो रोगलाई चलनचल्तीको भाषामा बाथ रोग समेत भनिन्छ ।
कसरी बच्ने ?
– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।
– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
– खानपानमा सतर्कता अपनाउनु अपनाउने, जसमा प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सी लिने गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया