काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोमा गौशाला २६ ले आफ्नो पहिचान खुलाउनेविरुद्ध जाहेरी दिएकी छन । गौशाला २६ ले आफुविरुद्ध वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर र कम्प्युटर सम्बन्धी कसुर भएको भन्दै साइबर ब्यूरोमा जाहेरी दिएकी हुन ।
गौशालाले ब्यूरोमा जाहेरी दिएको बताउँदै एसपी पशुपतिकुमार रायले पहिचान खुलाउने व्यक्तिहरूको खोजीका लागि अनुसन्धान भइरहेको बताए । २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दीप लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
लामो समय काठमाडौं जिल्ला अदालतमा चलेको सो मुद्दामा न्यायाधीश शिशिर ढकालको इजलासले फैसला गर्दै लामिछानेलाई दोषी ठहर गरेको थियो । अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, ३ लाख जरिवाना र २ लाख पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया