मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्मार्टफोनहरूमा फिङ्गरप्रिन्ट सेन्सर प्रविधिले कसरी काम गर्छ ?

काठमाडौँ– अहिले तपाइ हामीले प्रयोग गर्ने स्मार्टफोन तथा ल्यापटप डिभाइसहरूमा फिङ्गरप्रिन्ट सेन्सरहरु राखिएका हुन्छन् । जसलाई वायोमेट्रिक अथेन्टीकेसन पनि भनिन्छ । यसले डिभाइसलाई अन्य लक र पासवर्डको तुलनामा उच्चस्तरको सुरक्षा प्रदान गर्छ । आज हामी तपाइलाई फिङ्गरप्रिन्ट सेन्सर प्रविधिले कसरी काम गर्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । 

यसरी काम गर्छ स्मार्टफोनहरूमा फिङ्गरप्रिन्ट सेन्सर प्रविधिले 

स्मार्टफोनले तपाइको फिङ्गरप्रिन्टको सही पहिचान गर्नको लागि अप्टिकल, क्यापासिटिभ तथा अल्ट्रासोनिक प्रविधिको सहयोग लिन्छ । अप्टिकल फिङ्गरप्रिन्ट रिडरले एउटा विशेष प्रकारको क्यामेरा प्रयोग गर्दछ । 

जसबाट तपाइको औँठा छापको तस्वीर लिन्छ । प्रमाणीकरण गर्नका लागि पठाउँछ । अगाडि गएर मोबाइलले फिङ्गरप्रिन्टको फोटोलाई एउटा कोडमा परिवर्तन गरिदिन्छ । 

व्यक्तिगत सुरक्षा प्रणाली र स्मार्टफोन जस्ता प्रविधिमा प्रयोग गर्ने अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानरलाई कमजोरी मुक्त भने छैन ।

त्यसैले यसलाई क्यापासिटिभ स्क्यानरसँग जोडिन्छ । यो प्रविधिले वास्तवमै स्क्रिनमा कुनै फिङ्गरप्रिन्ट वा त्यसको तस्वीर मात्र हो भन्ने कुरा पत्ता लगाउँछ ।

यसका साथै आधुनिक फिङ्गरप्रिन्ट स्क्यान गर्नका लागि भने अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिन्छ । 

यसको प्रयोग बढीजसो मेडिकल क्षेत्रसँग सम्बन्धित काममा हुने गर्दछ । यसमा एउटा खास प्रकारको अल्ट्रासोनिक पल्सलाई फिङ्गरप्रिन्टमा प्रसारण गरिन्छ । र फिङ्गरप्रिन्टबाट प्रतिबिम्बित भएर आउने पल्सलाई मापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?