मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रोग हो निमोनिया ? बच्चालाई कसरी जोगाउने ?

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर पाँच वर्षमुनिका बच्चाको मृत्यु हुनुको प्रमुख कारणमध्ये निमोनिया एक हो ।

विश्वमा प्रत्येक ४५ सेकेन्डमा कम्तीमा एक बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेको छ । यसर्थ निमोनिया शिशु तथा बालबालिकाको लागि घातक साबित हुन सक्छ ।

तर बेलैमा निमोनिया हुन नदिन र भएमा तत्काल पहिचान गरी बचाउन आवश्यक छ ।

के हो निमोनिया ?

फोक्सोमा कुनै कारणवश हुने सङ्क्रमणलाई निमोनिया भनिन्छ । निमोनिया यस्तो रोग हो, जसबाट सबै उमेर समूह प्रभावित हुन सक्छ । विशेषगरी शिशु यसको जोखिममा बढी हुन्छन् ।

कारण

निमोनिया गराउन विभिन्न तत्त्व कारक मानिन्छ । शिशुहरूले बान्ता गर्दा निलेर त्यसको कण छातीसम्म पुगेर निमोनिया हुन सक्छ । अर्को कारण भनेको मट्टितेलको कण पनि फोक्सोमा पुगेर निमोनिया हुने जोखिम हुन सक्छ ।

त्यस्तै चिसो मौसममा देखा पर्न सक्ने भाइरल इन्फ्लुएन्जा, ब्याक्टेरियाको सङ्क्रमण र रुघाखोकीको समयमा उपचार नहुँदा निमोनिया हुन सक्छ । जन्मिँदा आवश्यक खोप नपाएका बालबालिकालाई पनि निमोनियाको जोखिम हुन्छ ।

लक्षण

उच्च ज्वरो आउने, सास फेर्न कठिन हुने, छाती दुख्ने, छिटो–छिटो सास फेर्ने, खोकी लाग्ने, कोखा हान्ने, नङ वा ओठमा नीलो रङ देखिने निमोनियाको लक्षण हुन सक्छ ।

शिशुमा पेट दुख्ने, बान्ता हुने, निमोनियाले गम्भीर असर पुर्‍याएको छ भने अक्सिजनको स्तर कम हुने र ओठ नीलो हुने लक्षण देखिन्छन् ।

निमोनियाको उपचार छिटो पहिचान गरी उपचार गरेमा निमोनियाले हुन सक्ने सम्भावित जटिलताबाट बच्न सकिन्छ । यसको उपचारमा सामान्य लक्षण भए ओरल एन्टिबायोटिक औषधि दिन सकिन्छ ।

तर बच्चाको श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो, खाना पचाउन नसक्ने अवस्थामा अस्पताल भर्ना गरी सुईबाट  एन्टिबायोटिक औषधि दिनुपर्ने हुन्छ ।

भाइरल निमोनिया छ भने  एन्टिभाइरल औषधि  चलाउनुपर्छ  । निमोनियाको समयमा उपचार भएन वा सहीसँग उपचार नभएमा ज्यानै जानेसम्मको जोखिम हुन सक्छ । निमोनियाको कारण शरीरमा अक्सिजनको कमी भएपछि मुटु, मस्तिष्कलगायत अङ्गहरूमा पनि असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?