काठमाडौँ– कलाकार रञ्जु यादवले डेनमार्कका बालबालिकाहरुलाई मिथिला चित्रकाला कोर्न सिकाएकी छिन् ।
उनले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रकला सिकाएकी हुन् । मिथिला चित्रकलाप्रति आकर्षित भएर बालबालिकाका अभिभावकहरुले यादवसँग चित्र बनाउन सिकेको यादवले सामाजिक सन्जाल मार्फत जानकारी दिएकी छिन् ।
उनी युरोपका विभिन्न देशमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्ने क्रममा अहिले डेनमार्कमा छिन् । यही मौका छोपेर एनआरएन डेनमार्कले राजधानी कोपनहेगनमा एक दिवसीय मिथिला कला वर्कसपको आयोजना गरेको थियो ।
‘विदेशी भूमि र त्यसमा पनि नेपालभन्दा धेरै टाढा युरोपको एउटा देशमा नेपालको गौरव मिथिला चित्रकलालाई विस्तार र प्रवर्ध्दन गर्ने अवसर पाउनु मेरो लागि मात्र होइन, नेपाली कला जगतकै लागि ठूलो खुसी र गौरवको कुरा हो’, उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया