मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खडेरीपछि वर्षा हुँदा किसानलाई राहत

बैतडी – लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ ।

वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताइन् । उनले भनिन्, “ लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो ।”

वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताए । मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन् । सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए । बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ ।

यसैबीच वर्षापछि यहाँका वनजङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । डढेलोका कारण वायुप्रदूषण बढेको थियो । वर्षापछि प्रदूषण कम भएको छ । बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?