मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण शुरु

काठमाडौँ – यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण शुरु भएको हो ।

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको छ ।

“सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ) सम्पन्न भएको छ । यससँगै टोलीमा संलग्न १० जना आरोहीहरूबाट सर्वोच्च चुलीको यो यामको पहिलो आरोहण सम्पन्न भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेका विभागले उल्लेख गरेको छ । यो आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए ।

“सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ भएसँगै आरोहणको बाटो खुलेको छ, मौसम अनुकूल रहेकाले अब धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन्”, उनले भने । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएकामा उक्त सङ्घबाट छनोट भई सेभेनसमिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसमम बाटो बनाउने जिम्मा पाएको थियो । 

सेभेन समिट ट्रेकका फिल्ड म्यानेजर टेण्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधार शिविरबाट संयोजन गरेका थिए ।विभागका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । 

अझै केही टोली बढ्न सक्ने विभागको अनुमान छ । यी आरोहीबाट सलामी रकम रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ राज्यकोषमा दाखिल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?