काठमाडौँ – प्रदीप भट्टराईको फिल्म ‘महाजात्रा’ले ५१ औँ दिनको यात्रा पूरा गरेको छ ।
यो फिल्मले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औं दिनको यात्रा पार गरेको हो ।
निर्देशक भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् । उनले फिल्मले ५१ दिनको यात्रा तय गरेको भन्दै दर्शकलाई धन्यवाद दिएका छन् । योसँगै उनले निर्देशन गरेका पाँच वटै सिनेमाले ५१ दिन मनाउन सफल भएका छन् ।

‘सबैको साथ, सहयोग, माया अनि आशीर्वादले आज हाम्रो चलचित्र महाजात्राले ५१ औँ दिनको यात्रा पूरा गर्यो, सबैलाई धेरै धेरै धन्यवाद,’ निर्देशक भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जात्रा सिरिजका सबै चलचित्र र मैले निर्देशन गरेका ५ ओटै चलचित्रले ५१ दिन मनाउँदा मेरो सम्पूर्ण टिम र यहाँहरु प्रति आभार व्यक्त गर्दछु ।’
उनले अर्को चलचित्र लिएर जतिसक्दो चाँडो मनोरञ्जन दिन आउने समेत उल्लेख गरेका छन् ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले यो सफलता प्राप्त गरेसँगै निर्माण टिमले यसअघि नै विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माझ ल्याउने घोषणासमेत गरिसकेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया