मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनियाँ अभिनेतृ डायना पेंग किन आइन नेपाल ?

काठमाडौँ –  चर्चित चिनियाँ अभिनेतृ डायना पेंगसहितको टोली यतिबेला नेपाल भ्रमणमा छ ।

सिल्करोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसन (सिको)को निम्तोमा नेपाल आएको टोलीले फिल्मसहितका सम्भावित लगानीको क्षेत्रबारे अध्ययन गर्ने बताइएको छ । 

फिल्म निर्माणमा समेत संयुक्त लगानीमा सहकार्य गर्न पेंगले रुचि देखाइएकी छिन् भने यो टोलीले प्रधानमन्त्रीका सल्लाहकारहरू, लगानी बोर्डका अधिकारी,चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर सम्भावित लगानीबारे छलफल गरेको छ ।

व्यवसायी समेत रहेकी अभिनेतृ पेंगले नेपालको ऊर्जा र फोहोर व्यवस्थापनमा समेत चासो देखाएकी छन् ।

पेंगले  ६० भन्दा बढी चिनियाँ फिल्म र टेलिभिजन सिरिजमा अभिनय गरेकी छन् । बुधबार काठमाडौँ आइपुगेको टोली शनिबार राती स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?