मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिभावक बन्दै जस्टिन र हेली

काठमाडौँ – क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्वीर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् ।

विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् ।

जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्वीर शेयर गरेका छन् । सेयर गरिएको तस्वीरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ । यी भिडियो र तस्वीरहरु मार्फत उनले फ्यानहरूलाई यो खुसीको खबर दिएका छन् ।

यो जोडीले आफ्नो सानो पाहुना कहिले संसारमा आउने हो भन्ने बारे कुनै जानकारी दिएको छैन । यद्यपि, टिएमजी रिपोर्ट अनुसार, हेली आफ्नो तेस्रो त्रैमासिकमा छिन् ।

जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि रिलेशनशिपमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरूको ब्रेकअप भएको थियो । नोभेम्बर २०१८ मा विवाह गरेपछि, दम्पतीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए।

हेली भन्दा पहिले जस्टिनको गायिका तथा अभिनेत्री सेलेना गोमेजसँग अफेयर थियो । दुवैको भेट सन् २०१० मा भएको थियो । तर, २ वर्षपछि मात्रै उनीहरूको ब्रेकअप भयो । २ वर्ष छुट्टिएपछि दुवैले फेरि आफ्नो सम्बन्धलाई मौका दिए र सँगै बस्न थाले ।

सन् २०१६ मा सेलेना चर्चित गायक चार्ली पुथसँग डेट गरिरहेकी थिइन् भन्ने खबर आएको थियो । धेरै उतारचढावपछि सन् २०१८ मा दुवैको ब्रेकअप भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?